झापा ५ मा मतान्तर बढाउँदै ओली

54

झापा, ६ मंसिर । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अग्रता बढाउँदै लगेका छन् ।

पछिल्लो मतपरिणामअनुसार ओलीले १५ हजार ५१० मत पाएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ८ हजार ९५५ मत पाएका छन् ।

यस्तै, जनमत पार्टीका भीम राजवंशीले १ हजार १११ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोख्रेलले २ हजार ८८३ मत पाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...