भोजपुरमा शेरधन राईले लिए प्रारम्भिक अग्रता

400

भोजपुर, ५ मंसिर । भोजपुरमा प्रतिनिधिसभातर्फको सुरूवाती नतिजामा नेकपा (एमाले)का शेरधन राईले अग्रता लिएका छन् ।

प्रतिनिधिसभातर्फ १०० मत गणना गर्दा शेरधनले ५२ मत ल्याएका छन् भने सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुदन किरातीले ३९ मत पाएका छन् ।

साल्पाशिलीछो गाउँपालिकाको कुलुङ र षडानन्द नगरपालिकाको चिउरी बोटेका मतगणना भइरहँदा एमालेले अग्रता बनाएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...