गुल्मी, ५ मंसिर । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले प्रारम्भिक अग्रता लिएका छन् ।
आइतबार भएको निर्वाचनको जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन् भने सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)की उम्मेदवार रामकुमारी झाँक्रीले ६०० मत ल्याएकी छन् ।