धनुषा–३ मा एमालेकी महतोको अग्रता कायमै

36

जनकपुरधाम, ५ मंसिर । धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा एक हजार १७ मतगणना हुँदा संघमा नेकपा (एमाले) उम्मेदवार र प्रदेश १ मा जनमत पार्टीका उम्मेदवारको अग्रता रहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ३ का सूचना अधिकारी अञ्चलेशकुमार ठाकुरले अहिलेसम्म एक हजार १७ मतगणना हुँदा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार जुलीकुमारी महतो ६०८ मतसहित अग्रस्थानमा छिन् ।

त्यसैगरी सत्ता गठबन्धनका उम्मेदवार अनिल झा ३१५ मतसहित दोस्रो र जनमत पार्टीका उम्मेदवार शम्भुनाथ साह २२० मतसहित तेस्रो स्थानमा रहेका छन् ।

प्रदेश १ मा भने जनमत पार्टीका उम्मेदवार प्रशन्नकुमार झा ५७४ मतसहित पहिलो स्थानमा छन् । यहाँ नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादवले ३७९ र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार जितेन्द्रकुमार यादवले २६४ मत प्राप्त गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...