दाङ–२ मा एमालेका पोखरेलको अग्रता

158

काठमाडौँ, ५ मंसिर । दाङ–२ को मतगणना सुरू भएको छ । सुरूवाती ५०० मत गनिसक्दा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका एमाले महासचिव शंकर पोखरेलले अग्रता बनाएका छन् ।

उनले दाङ–२ मा १५४ मतसहित अग्रता लिएका हुन् । त्यहाँ उनलाई नेकपा (माओवादी केन्द्र)की रेखा शर्माले पछ्याइरहेकी छन् ।

उनले १०८ मत ल्याउन सफल भएकी छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २० मत ल्याउँदा राप्रपाका उम्मेदवारले ४ मत प्राप्त गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...