सङ्खुवासभामा भोटखोलाको मतपेटिका हेलिकोप्टरमार्फत् ल्याइने

45

खाँदबारी, ५ मंसिर । सङ्खुवासभाको चीनसँग सीमा जोडिएको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाको मतपेटिका हेलिकोप्टरमार्फत् ल्याइने भएको छ ।

भोटखोला गाउँपालिकाको किमाथांका, थुदाम र रिदाक मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरमार्फत् ल्याइने भएको हो ।

भौगोलिक रूपमा विकट र दुर्गम मानिएको भोटखोला गाउँपालिकाको दुधपोखरी आधारभूत विद्यालय थदाम, हिमालय आधारभूत विद्यालय किमाथांका र ज्योति आधारभूत विद्यालय रिदाक मतदान केन्द्रको मतपेटिका सोमबार हेलिकोप्टरमार्फत् ल्याउने सहायक निर्वाचन अधिकृत इन्द्र सापकोटाले जानकारी दिए ।

सडक सञ्जाल नजोडिएको र भौगोलिक हिसाबले निकै विकट भएकाले हेलिकोप्टरमार्फत् ल्याउन लागिएको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...