झापा–२ मा एमालेका घिमिरेको अग्रता

41

काठमाडौँ, ५ मंसिर । झापा–२ मा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इञ्चार्ज देवराज घिमिरेको अग्रता फराकिलो बन्दै गएको छ ।

पछिल्लो मतगणनाको परिणामअनुसार घिमिरे ९२३ मतका साथ अग्रस्थानमा छन् भने गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हरिकुमार राना ५९४ मतसहित पछ्याइरहेका छन् ।

स्वतन्त्र उम्मेदवार स्वगत नेपालले ४९८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रूद्रप्रसाद गिरिले २९६ मत पाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...