उदयपुरमा सिसिटिभी र तारजालीसहित मतगणनास्थल तयार

84

उदयपुर, ४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि मतगणनाका लागि उदयपुरमा मतगणनास्थल तयार भएको छ ।

उदयपुरको निर्वाचन क्षेत्र–१ को त्रियुगा नमुना माध्यामिक विद्यालय गाईघाटको भवनमा र उदयपुरको निर्वाचन क्षेत्र–२ को त्रिवेणी माध्यामिक विद्यालय कटारीको भवनमा मतगणना हुने छ । यस पटक सम्बन्धित क्षेत्र क्षेत्रमा मतगणनास्थल बनाइएको हो ।

मतगणना स्थलमा तारजालीसहित सिसिटिभीसमेत जडान गरिएको मुख्या निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जनाएको छ । मतगणनास्थल तयार भइसकेको र सुरक्षालाई मध्यनजर गर्दै तारजाली र सिसिटिभीसमेत जडान गरेको छ । सुरक्षित र व्यवस्थित बनाउन स्थलमा तारजालीसहित सिसिटिभीको व्यवस्था गरिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...