आचारसंहिता कार्यान्वयनमा आयोग दण्डात्मकतर्फ अघि बढ्यो : आयुक्त तुलाधर

35

काठमाडौँ, ३ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि जारी गरिएको आचारसंहिता पालनामा निर्वाचन आयोग दण्डात्मकतर्फ अघि बढेको निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरले बताएकी छन् ।

निर्वाचनको तयारी सम्बन्धमा नुवाकोटमा रहेको निर्वाचनसँग सम्बन्धित निकायसँगको अन्तरक्रिया र मतदान केन्द्रको अवलोकनका क्रममा निर्वाचन आयुक्त डा.तुलाधरले आयोगमा हालसम्म २८ वटा उजुरी परेकोमा त्यसमध्ये ११ जनालाई जरिबाना गरिएको जानकारी दिए ।

आयुक्त डा.तुलाधरले आगामी आइतबार हुन लागिरहेको निर्वाचनका लागि सूचना सम्प्रेषणमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताइन् । गत स्थानीय तहको निर्वाचनमा जस्तै आम निर्वाचनमा पनि सही सूचना सम्प्रेषण गरेर मतदाताको सहभागिता उत्साहजनक बनाउनलाई सहयोग गर्न अनुरोध गरिन् ।

संविधानमा उल्लेख भएअनुसार आयोगले पाएको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको जिम्मेवारी पूरा गर्दै तोकिएको समयमा आवधिक निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र तथा भयरहित वातावरणमा सम्पन्न गराउन आयोग प्रतिबद्ध रहेको बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...