ओलीको भनाइप्रति लक्षित गर्दै हर्क सम्पाङको टिप्पणी

50

काठमाडौँ, २६ कात्तिक । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति टिप्पणी गरेका छन् ।

शुक्रबार धरानमा आयोजित चुनावी सभामा बोल्दै ओलीले कोसीको पानी धरान ल्याइने बताएका थिए ।

उनले भनेका थिए, “यहाँका मेयरलाई खानेपानी ले, खानेपानी ले भनेर कतिवटा घैला बोकुन्, बिचरा ! कसको घरमा खानेपानी पुर्‍याउने ?” उनले धरानमा खानेपानी ल्याउन राष्ट्रिय बजेट र नेकपा (एमाले)को सरकार चाहिने बताए ।

“कोसीबाट पम्पिङ गरेर पानी ल्याएर एमालेले धरानवासीलाई खुवाउँछ, तपाईंहरू ढुक्क हुनुस्,” ओलीले भने, “नगरको बजेटले त्यो आयोजना हुन्छ त ? हुँदैन । तर, म केही भन्दिनँ, छान्ने बेला आँखा देख्नुभएन ।”

यही भनाइलाई लक्षित गर्दै साम्पाङले ओलीमाथि व्यङ्ग्य कसको छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “उभिएर भाषण सम्म गर्न नसक्नेले हर्क साम्पाङलाई चुनौती दिएर गएछ ! कठै बरा… गफाडी ! उसको घरको उसको व्यक्तिगत कमाइ जस्तो गर्दो रैछ ! राष्ट्र के हो भन्नेसम्म नबुझ्ने अनपढले राष्ट्रिय बजेटको कुरा गर्ने ?”

Share This:
सम्बन्धित खबर
Loading...