मन्त्री चौधरीमाथि कारबाही गर्न निर्वाचन आयोगलाई पत्राचार

69

काठमाडौँ, २३ कात्तिक । मधेसी आयोगले सहरी विकास मन्त्रीसमेत रहेका मेटमणि चौधरीलाई कारबाही गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको छ ।

दाङ १ मा गठबन्धनबाट उम्मेदवार रहेका चौधरीलाई कात्तिक २१ गतेको एक टेलिभिजनबाट प्रसारित कार्यक्रममा मधेसीविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको भन्दै मधेसी आयोगले कारबाहीका लागि पत्राचार गरेको हो ।

चौधरीले मधेसी समुदायलाई ‘विवेकहीन र चेतना नभएको समुदाय रहेको’ जस्तो विभेदपूर्ण र जातीय विभेदमा केन्द्रित भाषण गरेको भन्दै आयोगमा उजुरी परेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...