बाँकेलाई सिधा सिहंदरबारसँग जोडेको छु : मन्त्री गहतराज

19

बाँके, २३ कात्तिक । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेलाई सिधा सिंहदरबारसँग जोडेको बताएका छ्न् । मंगलबार राप्तीसोनारी गाउँपालिका–६ स्थिति चुनावी सभालाई सम्बोधन गर्दै उनले बाँके जिल्लालाई सिधा सिहंदरबारसँग जोडेको बताएका हुन् ।

“मलाई पहिलो पटक चुनाव जिताएर यहाँहरुले मन्त्री बन्ने अवसर जुटाइदिनु भएको छ,” उनले भने, “मैले क्षेत्रको प्रतिनिधित्व गर्दै बाँकेलाई सिंहदरबारसम्म जोड्न सफल भएको छु ।”

आफ्नो ५ वर्षे कार्यकालमा पटक पटक संसदमा बाँकेका समस्याहरु उठाएको स्मरण गर्दै बाँके क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका मन्त्री गहतराजले भने, “बाँकेको पहुँच सिधै सिहदरबारसम्म स्थापित भइसकेको छ । यहाँको विकासका निम्ति म सधैँ प्रतिबद्ध छु, फेरि पनि निर्वाचित गराएर उक्त जिम्मेवारी दिनु हुने छ भन्ने आशा लिएको छु ।”

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य पदकी उम्मेदवार कृष्णा केसी नमुनाले राप्तीपारीको विकासका र परिवर्तनका लागि आफूले विभिन्न पहलकदमी चालेको बताउँदै राप्तीसोनारी र नरैनापुरको समग्र विकास र परिवर्तनका लागि आफू कटिबद्ध भएर लागेको बताइन् ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा समानुपातिक उम्मेदवार संगीता थारुले वाम–लोकतान्त्रिक गठनबन्धनका उम्मेदवारहरुलाई विजयी गराएमा मधेसी मुस्लिम दलित र महिलाका अधिकार सुरक्षित हुने बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...