कालीकोट जिप दुर्घटना : तीन जनाको मृत्यु

30

मान्म, २२ कात्तिक । मुगुबाट सुर्खेत आउँदै गरेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कालीकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुवाहक जिप दुर्घटन भएको हो ।

मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे१च ४४१२ नम्बरको जिप मंगलबार दिउँसो कर्णाली राजमार्गमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । दुर्घटनामा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालको मृत्यु भएको कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमाल जानकारी दिए ।

उनका अनुसार जिपमा १० जना सवार थिए । उनले भने, “एक जनाको घटनास्थलमा र दुई जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।” घाइतेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...