राष्ट्रपति भण्डारीलाई यस वर्षको ट्रेलब्लाजर अवार्ड

23

काठमाडौँ, २० कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीलाई यसवर्षको डब्लुपिएल ट्रेलब्लाजर अवार्ड प्रदान गरिने भएको छ । दक्षिण एसियाली मुलुक नेपालमा राष्ट्रपतिजस्तो पदमा रहेर नेपाल र विश्वकै महिलाको गरिमा बढाएको ठहर गर्दै राष्ट्रपति भण्डारीलाई सो सम्मान प्रदान गरिन लागिएको हो ।

प्रतिष्ठित महिला राजनीतिक नेतृहरूका लागि दिइने यो अवार्ड विश्वका प्रमुख महिला राजनीतिज्ञहरूको उपलब्धिको कदर गर्दै वर्तमान महिला राष्ट्रपति, पूर्वमहिला राष्ट्रपति तथा महिला प्रधानमन्त्रीहरूलाई हरेक वर्ष प्रदान गरिन्छ ।

आइसल्यान्डको रेक्जाभिकमा आयोजना हुन गइरहेको रेक्जाभिक ग्लोबल फोरम–वुमन लिडर्स विषयक सम्मेलनमा राष्ट्रपति भण्डारीलाई यो सम्मान प्रदान हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अवार्ड ग्रहण गर्नका लागि राष्ट्रपति भण्डारी सोमबार आइसल्यान्ड प्रस्थान हुने कार्यसूची रहेको मन्त्रालयले उल्लेख गरेको छ । आइसल्यान्ड सरकार र संसद्मा सामेल महिला राजनीतिक नेतृहरूले सन् २०१८ देखि यस मञ्चको सुरूवात गरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...