एलन मस्कले हटाए ट्विटरका आधा कर्मचारी

53

एजेन्सी, १९ कात्तिक । विश्वका धनाढ्य एलन मस्कले लिएपछि ट्विटरले आफ्ना ७ हजार ५ सय कर्मचारीमध्ये आधालाई हटाएको छ । कम्पनीले शुक्रबार ५० प्रतिशत कर्मचारी कटौती गरेको समाचार संस्था एएफपीले जनाएको हो ।

मस्कले लागत घटाउनको लागि ट्विटर इंकमा आधा कार्यबल कटौती गर्ने बताउँदै आएका थिए । यसअघि ट्विटरका एकमात्र निर्देशक र सिइओ मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जाल काम गर्न अख्यितार प्रदान गरेको विवरण सार्वजनिक भएको थियो । यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन् ।

मस्कले अक्टोबर २८ मा ट्विटरको ४४ अर्ब डलरमा ट्विटरको स्वामित्व लिएका थिए । स्वामित्वमा लिएपछि मस्कले सामाजिक सञ्जाल कम्पनीलाई आफूले प्रमुख वा सहस्थापना गरेका कम्पनीहरूको सूचीमा थपेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...