सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

32

काठमाडौँ, १७ कात्तिक । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबार थुनछेक बहस भए पनि नसकिएपछि आज फेरि बहस हुन लागेको हो । बुधबार सरकारी वकिलका तर्फबाट चार जनाले बहस गरेका थिए । सन्दीपको तर्फबाट पनि २ जना कानुन व्यवसायीले बहस गरे ।

प्रहरीले सोमबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो । मंगलबार सन्दीपको बयान गराइएको थियो ।

बहस सकिएपछि थुनछेक आदेश जारी हुने छ । अदालतले मुद्दाको पुर्पक्षका लागि सन्दीपलाई थुनामा पठाउने कि धरौटी वा साधारण तारेखमा राख्ने भन्ने आदेश जारी गर्ने छ ।

याे पनि हेर्नुस्

सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस ‘हेर्दाहेर्दै’मा

सन्दीप लामिछानेको मुद्दामा सकियो बयान, बुधबार थुनछेक बहस
सन्दीप लामिछानेविरूद्ध मुद्दा दर्ता, १२ वर्षसम्म कैद सजायको माग दाबी

न्यायाधीशसामु सन्दीप लामिछानेले भने– जाहेरीवाला युवती नाबालिग होइनन्

सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाउने नाबालिकाको स्वास्थ्य परीक्षण गरियो

सन्दीप लामिछाने गौशाला प्रहरी वृतमा

Share This:
सम्बन्धित खबर
Loading...