सन्दीप लामिछानेविरूद्ध मुद्दा दर्ता, १२ वर्षसम्म कैद सजायको माग दाबी

36

काठमाडौँ, १४ कात्तिक । क्रिकेटर सन्दीप लामिछानेविरूद्ध नाबालिग बलात्कारको कसूरमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले १० देखि १२ वर्षसम्म कैद सजायको माग दाबीसहित सोमबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोगपत्र पेस गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

सन्दीपलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२)को कसूरको अभियोग लगाइएको छ ।

दफा २१९ को उपदफा ३ (घ) बमोजिम १० वर्षदेखि १२ वर्षसम्मको कैद माग गरिएको छ । संहितको दफा २१९ को उपदफा ३ (घ)मा पीडित १६ वर्ष वा त्यसभन्दा बढी १८ वर्षभन्दा कम उमेरको भए १० देखि १२ वर्षसम्म कैद सजायको व्यवस्था छ ।

मुद्दा दायरसँगै मंगलबारलाई थुनछेकका लागि पेसी तोकिएको छ । सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने, तारेखमा छाड्ने वा धरौटीमा छाड्ने भन्ने विषयमा मंगलबार बहसपछि अदालतबाट आदेश हुने छ ।

लामिछानेविरूद्ध गएको भदौ २१ गते १७ वर्षीया एक किशोरीलाई जबरजस्ती करणीको कसुरमा किटानी जाहेरी दिएकोमा प्रहरीले उनलाई २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

लामिछानेले सरकारी वकिललाई दिएको बयानमा आफूमाथिको आरोप अस्वीकार गरेका छन् । उनले आफूविरूद्ध जाहेरी दिनेकै आग्रहमा होटलमा बसेको र यौनजन्य कार्य नगरेको दाबी गर्दै आएका छन् ।

यो पनि हेर्नुस्

न्यायाधीशसामु सन्दीप लामिछानेले भने– जाहेरीवाला युवती नाबालिग होइनन्

सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाउने नाबालिकाको स्वास्थ्य परीक्षण गरियो

सन्दीप लामिछाने गौशाला प्रहरी वृतमा

Share This:
सम्बन्धित खबर
Loading...