एडभान्स क्लबलाई पाँचौँ मानेभञ्ज्याङ फुटबल कपको उपाधि

51

खाँदबारी, ७ कात्तिक । सङ्खुवासभाको खाँदबारी नगरपालिका ३ मानेभञ्ज्याङमा आयोजित पाँचौँ मानेभञ्ज्याङ फुटबल कपको उपाधि एडभान्स क्लबले जितेको छ ।

महेन्द्र  माध्यमिक विद्यालयको खेल मैदानमा आइतबार भएको फाइनल खेलमा ट्राइब्रेकरमा लोहोरूङ क्लबलाई हराउँदै उपाधिमा कब्जा जमाएको हो ।

एडभान्स क्लब र लोहोरूङ क्लबबीच कडा प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा दुवै टोलीबाट एक एक गोलको बराबरी खेलेपछि उपाधिको छिनोफानो ट्राइब्रेकरबाट लिइएको थियो ।

टइब्रेकरमा एडभान्स क्लबले ६ विरूद्ध ७ गोल गर्दै उपाधि हात पारेको हो । प्रतियोगितामा मिरमिरे क्लबले तेस्रो स्थान हात पार्‍यो ।

मानेभञ्ज्याङ फुटबल क्लबको आयोजनामा भएको भएको प्रतियोगिताको विजेताले एक लाख रूपैयाँ हात पार्दा उपविजेता लोहोरूङले ५० हजार जित्यो । तेस्रो स्थान हात पारेको मिमिरेले २० हजार रूपैयाँ पुरस्कार पायो ।

Share This:
सम्बन्धित खबर
Loading...