सन्दीप लामिछानेलाई थप दुईदिन हिरासतमा राख्न अनुमति

59

काठमाडौँ, ७ कात्तिक । जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेलाई थप दुईदिन हिरासतमा राख्न अनुमति दिएको छ ।

अदालतले यही कात्तिक ६ गतेदेखि लागु हुने गरी म्याद थप गरेको हो । अदालतले लामिछानेलाई हिरासतमा राख्नका लागि अनुमति दिएको यो चौथोपटक हो ।

प्रहरीले लामिछानेविरूद्धको अनुसन्धान सकेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस गरेको छ ।

तिहार पर्वको बिदा परेका कारण अदालतमा मुद्दा दर्ता भने भएको छैन । लामिछानेलाई नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि न्यायिक हिरासतमा राखिएको छ ।

प्रहरीले गत असोज २० गते उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...