टी-२० विश्वकप : पाकिस्तानमाथि भारतको रोमाञ्चक जित

37

काठमाडौँ, ६ कात्तिक । आइसीसी विश्वकप टी-२० क्रिकेटमा भारतले चिरपरिचत प्रतिद्वन्द्वी पाकिस्तानमाथि ४ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । भारत र पाकिस्तानबीच दुईपक्षयि सिरिज नभएको वर्षौँ भइसकेको छ ।

यी दुई देशबीचको राजनीतिक लडाइँको असर क्रिकेटमा पनि परिरहेका बेला भारत र पाकिस्तान एसीसी र आइसीसीका टुर्नामेन्टहरुमा मात्रै खेल्दै आएका छन् ।

जसअनुसार आज भारत र पाकिस्तान अष्ट्रेलियामा जारी आइसीसी टी-२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रतिस्पर्धा गरेका हुन् । पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

भारतलाई जिताउनका लागि विराट कोहली र हार्दिक पाण्ड्याले आधार तयार गरेका थिए भने हार्दिक आउट भएपछि विराट कोहली र दिनेश कार्तिकले सम्हालेका थिए ।

विराट कोहली ८२ रनमा नटआउट रहे भने हार्दिक पाण्ड्याले ४० रनको पारि खेले । मोहम्मद नवाज र हरिस रौफले दुई दुई विकेट लिए ।

पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५९ रन बनाएको थियो ।

उसका लागि सान मसुदले ५२ तथा इफ्तिखर अहमदले ५१ रनको पारि खेले । अर्शदीप सिंह र हार्दिक पाण्ड्याले तीन तीन विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...