प्युठान ‘ख’का स्वतन्त्र उम्मेदवार माधव केसीका यस्ता छन् प्रतिबद्धता

311

प्युठान, ५ कात्तिक । आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावका लागि प्युठान ‘ख’बाट माधव केसीले स्वतन्त्र उम्मेदवारी दिएका छ्न् ।

प्यूठान झिमरुक गाउँपालिका वडा नम्बर ३ जन्मघर भएका केसी समाजमा स्वच्छ छवि बनाएका युवा व्यवसायीका रुपमा परिचित छ्न् ।

स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ उनको पहलमा झिमरुक ३ आहालखोलामा सिद्दाथाना मन्दिर निर्माण भएको छ । साथै आहालखोलामै खानेपानीको लिफ्ट सञ्चालन योजना अगाडि बढेको छ । केसी राष्ट्रिय हिन्दु युवा मञ्चका संयोजकसमेत हुन् । साथै, उनी विभिन्न संघसस्थाहरुमा आवद्ध रहेका छ्न् ।

सोही क्षेत्रमा गठबन्धनका तर्फबाट रोज राणा र नेकपा (एमाले)बाट हरि रिजाल उम्मेदवार रहेका छन्।

Share This:
सम्बन्धित खबर
Loading...