दुईपटकको विजेता वेस्ट इन्डिज टी–२० विश्वकपबाट बाहिरियो

31

काठमाडौँ, ४ कात्तिक । दुईपटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिज विश्वकपबाट बाहिरिएको छ ।

शुक्रबार भएको आफ्नो तेस्रो खेलमा आयरल्यान्डसँग नौ विकेटले पराजित भएपछि वेस्ट इन्डिज टी–२० विश्वकपबाट बाहिरिएको हो । आयरल्यान्ड भने सुपर १२ मा प्रवेश गरेको छ ।

निर्धारित २० ओभरको खेलमा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले पाँच विकेटको क्षतिमा १४६ रन बनाएको थियो । १४७ रनको लक्ष्य पाएको आयरल्यान्डले एक विकेटको क्षतिमा १५० रन बनाउँदै सुपर १२ को स्थान सुरक्षित गरेको छ ।

आयरल्यान्डको जितमा लुर्कान टकरले ४५ र पौल स्टिर्लिङले ६६ रनको पारी खेले ।

Share This:
सम्बन्धित खबर
Loading...