बझाङ जिप दुर्घटना : मृतकमध्ये ४ जनाको पहिचान खुल्यो

56

बझाङ, २ कात्तिक । बझाङको मष्टा गाउँपालिकामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने ४ जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया बसन्ती धामीको घटनास्थलमै ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए ।

उनका अनुसार अन्य मृतक र घाइतेको पहिचान खुलेको छैन । बझाङको सदरमुकाम चैनपुर नजिक रहेका डुङ्ग्री बजारबाट मष्टा गाउँपालिका–२ खेतकोट जाँदै गरेको जिप आज दिउँसो दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको थियो ।

सु.प.प्र ०१–००१ च ११७ नम्बरको जिप तुफानडाँडामा दुर्घटनामा परेको थियो । जिप सडकबाट २०० मिटर तल भिरमा खसेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...