काठमाडौँ, १ कात्तिक । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदमा पदक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
कुल १३९ स्वर्ण पदकको टुंगो लाग्दा आर्मीले ६१ स्वर्ण आफ्नो पोल्टामा पारेको छ । आर्मीले ३९ रजत र २८ कास्यसहित कुल १२८ पदक प्राप्त गरेको छ ।
अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले दोस्रो तथा नेपाल प्रहरीको पुलिस क्लब पदक तालिकाको तेस्रो स्थानमा छन् । एपिएफले २३ स्वर्ण, १७ रजत र १५ कास्यका साथ कुल ६५ पदक प्राप्त गरेको छ । पुलिस क्लबले १५ स्वर्ण, २५ रजत र ३३ कास्यसहित कुल ७४ पदक प्राप्त गरेको छ ।
यसैगरी, बागमती, गण्डकी र एनआरएनए क्रमशः चौथो, पाँचौ र छैटौँ स्थानमा छन् । बागमती प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कास्यसहित कुल ५९ पदक प्राप्त गरेको छ । गण्डकी प्रदेशले १० स्वर्ण, ८ रजत र २० कास्यसहित कुल ३८ पदक प्राप्त गरेको छ । एनआएनएले ६ स्वर्ण, ६ रजत र ४ कास्यसहित कुल १६ पदक हासिल गरेको छ ।
यस्तै, प्रदेश नम्बर १ सातौँ, मधेस प्रदेश आठौँ, सुदूरपश्चिम प्रदेश नवौँ, लुम्बिनी प्रदेश १०औँ र कर्णाली प्रदेश तालिकाको ११औँ स्थानमा छन् ।
प्रदेश १ ले हालसम्म ३ स्वर्ण, ८ रजत र २१ कास्यसहित कुल ३२ पदक पाएको छ । मधेस प्रदेशले २ स्वर्ण, ३ रजत र ७ कास्यसहित कुल १२ पदक, सुदूरपश्चिमले २ स्वर्ण, १ रजत र ११ कास्यसहित कुल १४, लुम्बिनी प्रदेशले १ स्वर्ण, ९ रजत र १२ कास्यसहित कुल २२ तथा कर्णाली प्रदेशले १ स्वर्ण, १ रजत र २ कास्यसहित कुल ४ पदक प्राप्त गरेको छ ।
हालसम्म १३९ स्वर्ण, १३९ रजत र १८६ कास्यसहित कुल ४६४ पदकको छिनोफानो भएको छ । ६ हजार १५७ खेलाडी सहभागी नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशका ८ जिल्लामा भइरहेको छ । कुल ३९३ स्वर्ण, ३९३ रजत र ६०० कास्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितामा दुई प्रदर्शनीसहित ३८ खेल समावेश गरिएका छन् ।
तीन विभागीय, सात प्रदेश र एनआरएनएका खेलाडीबीच खेल भइरहेको छ । पोखरामा यसअघि २०४० सालमा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो ।