सन्दीप लामिछानेलाई दोस्रोपटक म्याद थपका लागि अदालत लगिँदै

103

काठमाडौँ, २७ असोज । क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौँ लगिँदै छ । नाबागिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेर असोज २० गते पक्राउ परेको लामिछानेलाई गत सोमबा पहिलोपकट म्याद थप गरिएको थियो । उनलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइने भएको छ ।

गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरूद्ध जाहेरी परेको थियो । २४ गते अदालतमा लामिछानेले आफू निर्दोष रहेको प्रमाण बताएका थिए ।

अमेरिकाबाट गत बिहीबार नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।

काठमाडौँ प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो । जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण गराएको थियो । यस्तै, उनी पुगेको काठमाडौँको होटलबाट सिसिटिभी फुटेज पनि प्रहरीले संकलन गरिसकेको छ । त्यसमा उनी करिब ७ घन्टा होटलमा बसेको देखिन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...