काठमाडौँ, २३ असोज । नेकपा (एमाले)का नेता प्रभु साहले रौतहट ३ बाट बागी उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
एमालेले टिकट दिए पनि उनले रौतहट ३ बाट बागी उम्मेदवारी दिएका हुन् । उनले आफूसँगै पार्टी प्रवेश गरेका अन्य नेताहरूलाई एमालेले टिकट नदिएको भन्दै बागी उठेको जनाएका छन् ।