कठिन जित निकाल्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

96

काठमाडौँ, २३ असोज । इडर मिलिटाओको निर्णायक गोलमा रियल मड्रिडले स्पेनिस ला लिगामा गेटाफेलाई १–० ले पराजित गरेको छ ।

शनिबार राति खेलको तेस्रो मिनेटमा बनाएको अग्रता जोगाउँदै मड्रिडले महत्त्वपूर्ण तीन अंक जोडेको हो । कप्तान करिम बेन्जेमा चोटका कारण मैदान बाहिर रहँदा रियलले कठिन जित निकाल्यो ।

८ खेलबाट २२ अंक जोडेको रियल शीर्ष स्थानमा छ । एक खेल कम खेलेको बार्सिलोना १९ अंकसहित दोस्रो स्थानमा छ । गेटाफे समान खेलबाट ७ अंक जोड्दै १६औँ स्थानमा छ ।

Share This:
सम्बन्धित खबर
Loading...