मोरङ–२ मा सुजाता कोइरालाले पाइन् टिकट, मिनेन्द्र रिजालले पाएनन्

88

काठमाडौँ, २३ असोज । नेपाली कांग्रेसले मोरङ क्षेत्र नम्बर २ मा सुजाता कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आसन्न प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले मोरङ क्षेत्र नम्बर २ मा कोइरालालाई उम्मेदवार बनाएको हो ।

उक्त क्षेत्रबाट डा.मिनेन्द्र रिजाल पनि टिकटका आकांक्षी थिए । तर, उनलाई नदिएर सुजातालाई टिकट दिइएको हो ।

स्रोतका अनुसार सभापति शेरबहादुर देउवाले यसअघि नै सुजातालाई बोलाएर निर्वाचनको तयारी गर्न भनेका थिए ।

लामो समय देउवा समूहमा रहेका रिजाल पछिल्लो समयमा डा.शेखर कोइराला समूहमा लागेका थिए ।

 

Share This:
सम्बन्धित खबर
Loading...