आयोगले सार्वजनिक गर्‍यो समानुपातिक उम्मेदवारको सूची, कुन दलबाट को–को ? [पूर्णपाठ]

68

काठमाडौँ, २३ असोज । निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि दलहरूले बुझाएको समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले बुझाएको बन्दसूची सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभामा गरी कुल ६ हजार ४९३ जना समानुपातिकतर्फ उम्मेदवार रहेका छन् । आयोगका अनुसार प्रतिनिधिसभामा ४८ दलले बुझाएको सूचीमा जम्मा २ हजार ४३६ जना उम्मेदवार रहेका छन् ।

यस्तै, प्रदेश नम्बर १ मा ३६ दलले ६६१ जना उम्मेदवारको बन्दसूची बुझाएका छन् भने मधेस प्रदेशमा ३६ राजनीतिक दलका ९४८ जना उम्मेदवार रहेका छन् । बागमती प्रदेशमा ४१ दलका ८२५ उम्मेदवार रहेका छन् भने गण्डकी प्रदेशमा ३१ राजनीतिक दलका ३६८ जना उम्मेदवार रहेका छन् ।

यसैगरी, लुम्बिनी प्रदेशमा ३२ राजनीतिक दलका ६५७ जना उम्मेदवार छन् भने कर्णाली प्रदेशमा २८ राजनीतिक दलका २२२ जना समानुपातिक उम्मेदवार रहेका छन् । सुदूरपश्चिम प्रदेशमा ३४ राजनीतिक दलका ३७६ जनाको नाम बन्दसूचीमा रहेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको बन्दसूची
प्रतिनिधिसभातर्फ

प्रतिनिधिसभा (2)
प्रदेशसभातर्फको सूची हुेर्नुस्
प्रदेश नम्बर १

प्रदेश १
मधेस प्रदेश

मधेस प्रदेश
बागमती प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

गण्डकी प्रदेश
लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश
Share This:
सम्बन्धित खबर
Loading...