प्युठानबाट प्रतिनिधिसभामा सूर्य थापा एमालेको उम्मेदवार

128

प्युठान, २२ असोज । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य सूर्य थापा प्युठानबाट चुनाव उठ्ने भएका छन् । थापालाई एमाले प्युठानले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवार बनाउनका लागि एकल नाम सिफारिस गरेको थियो ।

एमालेले शुक्रबार उनलाई प्युठानबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । थापा एमालेभित्र चुनाव जित्ने नेताको सूचीमा छन् । थापा एमाले प्युठानका जिल्ला इञ्चार्जसमेत हुन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार थिए ।

प्युठानबाट जनमोर्चाकी नेतृ दुर्गा पौडेल गठबन्धनको उम्मेदवार बन्ने लगभग निश्चित छ । त्यो अवस्थामा थापालाई जित्न सजिलो हुने आंकलन गरिएको छ ।

एमाले प्युठानमा भोटको हिसाबले समेत बलियो छ । थापा इञ्चार्ज भएर गएसँगै अन्य पार्टीबाट एमाले प्रवेश गर्नेहरूको संख्या समेत ठुलो छ ।

Share This:
सम्बन्धित खबर
Loading...