हेटौँडा, २० असोज । अमलेखगञ्जमा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका-२२ स्थित तीन नम्बर पुल नजिकै यात्रुवाहक बस पल्टिँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
हेटौँडाबाट पथलैया आउँदै गरेको बा.प्र ०६ ००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो । नेपाल प्रहरीका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र ६ जना महिला छन् ।
मृतकको नामावली
१. बारा कलैया उमनपा–२ बस्ने अन्दाजी वर्ष (४०–४१) को लिलाराज चौधरी
२. चितवन खैरहनी नगरपालिका-५ बुडौली बस्ने ६३ वर्षीया नन्दकुमारी पुडासैनी
३. चितवन कालिका नगरपालिका रमाइलो चोक बस्ने बस्ने शंकर कडेलको छोरा अन्दाजी (१४/१५) को सफल कडेल
४. पर्सा वीरगञ्ज महानगरपालिका-१६ बस्ने अन्दाजी ६५ वर्षीया सोमप्रसाद चौरासिया
५. पर्सा वीरगञ्ज महानगरपालिका-१६ बस्ने अन्दाजी ३५/३६ वर्षीया मन्निदेवी चौरासिया
६. मकवानपुर हेटौँडा उपमहानगरपालिका-७ बस्ने ५५/५६ वर्षीया शुभलक्ष्मी श्रेष्ठ
७. जिल्ला मकवानपुर हेटौँडा उपमहानगरपालिका-७ बस्ने अन्दाजी १९/२० वर्षीया सोस्तिका श्रेष्ठ
८. बारा कलैया उपमहानगरपालिका-१० बस्ने अन्दाजी ३५/३६ वर्षीया नाजलिन खातुन
९. बारा जितपुरसिमरा उपमहानगरपालिका-२२ बस्ने अन्दाजी २८ वर्षीय सुरेश विक
१०. बारा कलैया उपमहानगरपालिका-१० बस्ने अन्दाजी २५र२६ वर्षीय ईताजत अन्सारी
११. ओखलढुंगा बस्ने लालबहादुर बोगटी
१२. जिल्ला चितवन खैरेनी नगरपालिका-५ बस्ने ३५ वर्षीय मनोरथ पुडासैनी
१३. गोर्खा बस्ने ३५ वर्षीया अम्बिका कडेँल
१४. धनुषा जनकपुर उपमहानगरपालिका-५ बस्ने ५० वर्षीय सन्तोषकुमार राय
यो पनि हेर्नुस्