राजकुमार दोङको ‘हे मेरी आमा’ सार्वजनिक [भिडिओ]

140

काठमाडौँ, ११ असोज । गायक एवम् संगीतकार राजकुमार दोङ तामाङको स्वरमा सजिएको ‘हे मेरी आमा’ बोलको गीत बजारमा आएको छ ।

एएस मोक्तान तामाङको शब्द र निर्माण रहेको उक्त गीतमा राजन खतिवडाको संगीत रहेको छ । फनिन्द्र राईले संगीत संयोजन गरेको उक्त गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन् ।

गीतको म्युजिक भिडिओलाई युवराज वाइबाले निर्देशन गरेका हुन् । निशल पौडेलले छायांकन, विकास दाहालले सम्पादन गरेको उक्त म्युजिक भिडियोमा चादनी मोक्तान र कुन्साङ बोम्जनले अभिनय गरेका छन् ।

बाल कलाकार रिसभ स्याङ्बाको अभिनय पनि समेटिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...