काठमाडौँ, ८ असोज । काठमाडौँको अत्याधिक भीड हुने न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण (यात्रुवाहक, मालवाहक तथा निजी) चारपांग्रे सवारी साधनलाई आजदेखि खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ ।
असोज ८ गतेदेखि फुलपातीसम्म यो व्यवस्था लागु गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै कार्यालयले बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नभएसम्म ट्राफिक आइसलेन्ड राखिएको स्थानबाट डाइभर्सन गरी खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको उल्लेख छ ।
कार्यालयले चाडवाडमा दुर्घटनासहित यात्राका लागि शुभकामना व्यक्त गर्दै काठमाडौँको न्युरोड क्षेत्रमा हुने सवारी चापलाई कम गर्न यो व्यवस्था लागु गरिएको बताएको छ ।
ट्राफिक प्रहरीले तोकिएको मिति र समयसम्म धैर्य गरी ट्राफिक व्यवस्थापनमा सहयोग गरिदिन आग्रहसमेत गरेको छ ।