चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली नेपाल आइपुगे

241

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु नेतृत्वको टोली नेपाल आइपुगेको छ । ली चान्सुसहितको टोलीलाई सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विमानस्थलमै पुगेर स्वागत गरेका छन् ।

सभामुख सापकोटा र चान्सुबीच आजै बेलुकी संघीय संसद् भवन नयाँ बानेश्वरमा भेटवार्ता हुँदै छ ।

मंगलबार अध्यक्ष चान्सुले प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्ने छन् ।

यस्तै, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि चान्सुसँग संसद् भवनमै भेटवार्ता गर्ने तालिका रहेको छ ।

जनकंग्रेस अध्यक्ष चान्सुले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

अध्यक्ष चान्सुको नेतृत्वमा ६ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अध्यक्ष चान्सु भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान स्वदेश फर्कने कार्यक्रम छ ।

Share This:
सम्बन्धित खबर
Loading...