काठमाडौँ, २४ भदौ । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपालले भारतलाई हराएको छ । शुक्रबार कोलम्बोको रेस कोर्स मैदानमा भएको खेलमा नेपालले उत्कृष्ट पुनरागमन जित निकाल्दै भारतलाई ३–१ गोल अन्तरले हरायो ।
नेपालको जितमा सरोज दर्लामी, युनेश बुढाथोकी र सुवास बमले एक–एक गोल गरे । भारतका ड्यानी मेतीले सान्त्वता गोल फर्काए ।
खेलको २५औँ मिनेटमा भारतका ड्यानीले गोल गर्दै टोलीलाई अग्रता दिएलाएका थिए । तर, पहिलो हाफको अन्तिम मिनेटमा दर्लामीले गोल गर्दै १–१ गोलको बराबरीमा ल्याए ।
यस्तै, दोस्रो हाफमा ४९औँ मिनेटमा युनेश बुढाथोकीको गोलबाट नेपालले अग्रता दोब्बर बनायो । ६७औँ मिनेटमा सुवास बमले गोल थप्दै नेपाललाई ३–१ को जित दिलाए ।
जितसँगै नेपाल समूह ‘बी’को विजेता बनेको छ भने भारत उपविजेता बनेको छ । नेपालले ६ अंक जोड्दा भारतले ३ अंक मात्र जोडेको छ । भुटान अंकविहीन रहँदै यसअघि नै प्रतियोगिताबाट बाहिरिएको छ ।
नेपालले समूह ‘ए’को उपविजेतासँग सेमिफाइनलमा खेल्ने छ । समूह ‘ए’मा आयोजक श्रीलंका, बंगलादेश र माल्दिभ्स छन् ।