नक्कली कागज बनाई अरूको ट्रायल दिने पाँच जना पक्राउ

124

भक्तपुर, २३ भदौ । नक्कली कागज बनाएर लाइसेन्सका लागि अरूको ट्रायल दिएको आरोपमा ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–११ टाँडी घर भइ काठमाडौँको चाबहिल बस्ने २० वर्षीय मनिष श्रेष्ठ, दुधौली नगरपालिका–४ घर भई तिनकुने बस्ने २० वर्षीय मनिष लामिछाने, कालिकोट महाबई गाउँपालिका–१ स्थायी घर भइ भक्तपुर कटुन्जे बस्ने २४ वर्षीय इन्द्रबहादुर शाही छन् ।

यस्तै, दुधौली नगरपालिका–१४ ठेगाना घर भई भक्तपुर कटुन्जे बस्ने २१ वर्षीय टुल्कुसिं तामाङ र गोरखा भिमसेनस्थान गाउँपालिका–१ का २२ वर्षीय राजकुमार श्रीमललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई लिखतसम्बन्धी कसूरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

उनीहरुको साथबाट नक्कली नागरिकताहरु, पासपोर्ट, प्रवेश पत्रहरु, विभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...