साफ च्याम्पियनसिप : नेपालको विजयी सुरूवात

75

काठमाडौँ, २१ भदौ । साफ च्याम्पियनसिप फुटबलमा नेपालले सुखद् सुरूवात गरेको छ । मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई ४–० गोल अन्तरले हराउँदै नेपालले प्रतियोगितामा विजयी सुरूवात गरेको हो ।

नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेतले समान दुई–दुई गोल गरिन् ।

खेलको तेस्रो मिनेटमा फ्रिकिकमा भुटानी खेलाडीको हेडर पोस्ट नजिकैबाट बाहिरिँदा भुटानले अग्रता लिन चुकेको थियो ।

खेलको १२औँ मिनेटमा भण्डारीले गोल गर्दै टोलीलाई सुरूवाती अग्रता दिलाइन् ।

पहिलो हाफमा १–० ले अघि रहेको नेपालले दोस्रो हाफमा थप तीन गोल गर्दै जित सुनिश्चित गर्‍यो । ६८औँ मिनेटमा भण्डारीले नै व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै नेपाललाई २–०को अग्रता दिलाइन् ।

खेलको ७३ र ८५औँ मिनेटमा बस्नेतले गोल गर्दै नेपाललाई ४–० को जित दिलाइन् ।

जितसँगै नेपालले समूह ‘ए’मा ३ अंक जोडेको छ । नेपालले अब २७ भदौमा श्रीलंकाको सामना गर्ने छ ।

बुधबार समूह ‘बी’को दुई खेल हुने छ । पहिलो खेलमो भारत र पाकिस्ता दिउँसो १ बजे खेल्ने छन् । दोस्रो खेलमा साँझा साढे ५ बजे बंगलादेश र माल्दिभ्स भिड्ने छन् ।

Share This:
सम्बन्धित खबर
Loading...