सय बढी अवैध संरचना भत्काइयो [तस्बिरहरू]

646

काठमाडौँ, २१ भदौ । काठमाडौँ महानगरपालिकाले १०० भन्दा बढी अवैध संरचना डोजर लगाएर भत्काएको छ । काठमाडौँले आइतबार र सोमबार महानगरका विभिन्न स्थानमा बनाइएका संरचना भत्काएको हो । महानगरले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउन सुरु गरेको थियो ।

सोमबार नयाँ बसपार्कबाट गोंगबुतर्फ २० मिटर अगाडि मित्रनगरमा रहेको ५० भन्दा बढी अवैध संरचना भत्काइएको महानगरले जनाएको छ ।

यसरी भत्काइएका संरचनाअन्तर्गत सडक पेटी मिचेर बनाइएका सटर, टहरा, सटर अगाडिका छत र सडक मिचेर बनाइएका भर्‍याङ रहेको काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

आइतबार कोटेश्वर प्रहरी चौकी नजिकैको ५० बढी अवैध संरचना भत्काइएको थियो ।

महानगरले यसअघि बानेश्वरमा रहेको बानेश्वर कम्प्लेक्समा निर्माण भएका अवैध संरचना, काठमाडौँ मलका अवैध संरचना, आरबी कम्प्लेक्सका करिब १४ साना पसल र बानेश्वरमा रहेको अल्फाबिटामा निर्माणविपरीत प्रयोग भएका संरचना भत्काइएका छन् ।

तस्बिर : निशान्तसिंह गुरूङ

Share This:
सम्बन्धित खबर
Loading...