दमौली, १९ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन् ।
पार्टीको तनहुँ जिल्ला कार्य समितिको आइतबार बसेको बैठकले उनलाई सो स्थानबाट उम्मेदवार सिफारिस गरेको हो । यस्तै, सोही क्षेत्रबाट कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र शंकर भण्डारीलाई पनि सिफारिस गरिएको सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।
यसैगरी, समानुपातिकतर्फ रामचन्द्र पोखरेल, मिरा जोशी र यमुना खड्का सिफारिस भएका छन् ।
क्षेत्र नम्बर १ प्रदेश ‘क’तर्फ रघुनाथ पौडेल, अशोककुमार श्रेष्ठ, शेष मोहम्मद हनिफ (गोरा मियाँ), सरिता गुरुङ, लक्ष्मीप्रसाद आचार्य, हरिदत्त पौडेल, डोबाटे विक, पूर्णबहादुर गुरूङ, सहदेव अधिकारी र शंकर पौडेलको नाम सिफारिस गरिएको छ ।
प्रदेश ‘ख’तर्फ डम्बरबहादुर अधिकारी, दिपक भट्टराई, रामचन्द्र अधिकारी र अर्जुन अधिकारीको नाम सिफारिस गरिएको छ ।
तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य प्रदीप पौडेल, ध्रुव वाग्ले र जिल्ला सभापति जितप्रकाश आले सिफारिस भएका छन् ।
प्रदेश ‘क’ प्रत्यक्षमा प्राडा कृष्णप्रसाद गौतम, किसान गुरूङ, श्रीराम सुवेदी, हरिप्रसाद वाग्ले, चामबहादुर थापा, माधव भट्टराई, डा.शेषरमण न्यौपाने र यामबहादुर खाण ठकुरी सिफारिस भएका छन् ।
प्रदेश ‘ख’तर्फ मिलन आले, चुडामणि खनाल, मोहन गिरी, दुर्गबहादुर राना, इन्द्रबहादुर आले र जीवन चन्द ठकुरी सिफारिस भएका छन् ।