सात दिनभित्र मनोरञ्जन कर तिर्न क्यासिनोलाई काठमाडौँ महानगरको पत्र

271

काठमाडौँ, १९ भदौ । काठमाडौँ महानगरपालिकाले सात दिनभित्र महानगरभित्रका सबै क्यासिनोलाई बाँकी मनोरञ्जन कर चुक्ता गर्न सूचना जारी गरेको छ । महानगरले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

बागमती प्रदेश आर्थिक ऐनअनुसार क्यासिनो प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था गरेको र महानगरले सोहीअनुसार क्यासिनोहरूलाई पटक पटक कर तिर्न आग्रह गर्दै आएको थियो । तर, क्यासिनोहरूले २०७५÷७६ देखि कर तिरेका छैनन् ।

महानगरका अनुसार डेल्टिन क्यासिनो होटल,म्यारियट, क्यासिनो प्यालेस, अन्नपूर्ण होटल, क्यासिनो याट, र्‍याडिसन होटल, प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसन, हायत होटल, माजोन इन्टरटेनमेन्ट, होटल सोल्टी, बाल्को क्यासिने, होटल एलफ्ट र बेली क्यासिनो, मल्ल होटलले मनोरञ्जन कर तिरेका छैनन् ।

सात दिनभित्र कर नतिरे महानगरपालिकाको राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह बाँकी कर असुलउपर गरिने जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...