‘मन्त्रीलाई लाइनमा बस्नुस्’ भन्ने सुरक्षागर्ड पक्राउ

139

काठमाडौँ, १९ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्ने एकजना सुरक्षागर्ड पक्राउ परेका छन् ।

शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा बायोमेट्रिक्सको कामका लागि मन्त्री श्रेष्ठ त्यहाँ पुगेका थिए । सुरक्षागार्ड शेरजंग कुँवरले जो भए पनि लाइनमा बस्न आग्रह गरेका थिए ।

मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा सुरक्षागार्डलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...