बर्दीमै प्रहरीको ‘डान्स’, ईञ्चार्जबाट हटाइयो

84

काठमाडौँ, ५ भदौ । रौतहटको गढीमाई नगरपालिका–६ धरमपुरमा कृष्ण जन्मअष्टमीको अवसरमा स्थानीयले आयोजना गरेको एक कार्यक्रममा बर्दीमा रहेका प्रहरी नायब निरीक्षक (सई) राजकिशोर साह शनिबार दिउँसो मञ्चमै पुगेर नाचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रहरी आचरणविरूद्ध कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले उनलाई आइतबार चौकीको ईन्चार्जबाट हटाइएर अनुसन्धान थालेको रौतहट जिल्ला प्रहरी कार्यालय प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल मल्लले जानकारी दिए ।

कृष्ण जन्मअष्टमीको अवसरमा आयोजना गरिएको कार्यक्रममा शनिबार दुई जना नाचिरहेको अवस्थामा साह मञ्चमै पुगेर भोजपुरी गीतमा नाचेका थिए ।

अर्धनग्ननर्तकीहरूसँग उनी नाचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...