एक खेल अगावै भारतलाई जिम्बाब्वेविरुद्धको शृंखला

264

काठमाडौँ, ५ भदौ । घरेलु टोली जिम्बाब्वेविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पाहुना टोली भारतले लगातार दोस्रो खेलमा ५ विकेटको जित निकाल्दै एक खेलअघि नै शृंखला जितेको छ ।

शनिबार १६२ रनको लक्ष्य भारतले २५.४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । भारतका सन्जु सामसनले सर्वाधिक ४३ रन बनाउँदा शिखर धवन र शुभमन गिलले समान ३३ रनको योगदान गरे । जिम्बाब्वेका लुन्की जोन्गावले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले ३८.१ बल सबै विकेट गुमाउँदै १६१ रन मात्र बनायो । घरेलु टोलीका सेन विलियम्सले सर्वाधिक ४२ रन बनाए । यस्तै, रायन बर्लले ३८ रनको योगदान गरे । भारतका शार्दुल ठाकुरले ३ विकेट लिए ।

यसअघि पहिलो खेल भारतले १० विकेटले जितेको थियो । तेस्रो तथा अन्तिम खेल सोमबार हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...