को हुन् प्रदीप गिरि ?

301

काठमाडौँ, ५ भदौ । नेपाली कांग्रेसका सांसद् प्रदीप गिरिको निधन भएको छ । ७५ वर्षको उमेरमा उनको निधन भएको हो ।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेको उनको शनिबार राति साढे ९ बजे निधन भएको नेपाली कांग्रेसले जनाएको छ ।

केही हप्ता पहिले मात्र उनी भारतमा घाँटीको क्यान्सरको उपचार गरेर साउन दोस्रो साता नेपाल फिर्ता भएका थिए । त्यसपछि पनि स्वास्थ्यमा समस्या आएपछि साउन ९ गते उनी मेडिसिटीमा भर्ना भएका थिए ।

को हुन् प्रदीप गिरि ?
प्रदीप गिरिको जन्म २००४ सालमा सिरहाको बस्तीपुरमा भएको थियो ।

बुबा मित्रलाल गिरि र पुण्यप्रभाका पुत्र गिरिले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए ।

नेपालका सबैजसो शान्त्रिपूर्ण राजनीतिक आन्दोलनमा उनी सहभागी थिए । त्यसक्रममा उनी कांग्रेसका संस्थापक बिपी कोइरालाका सहयात्रीसमेत भए ।

बिपीसँग उनको भारतको बनारसमा छात्र संघमा निर्वाचन लड्दादेखिको राजनीतिक संगत थियो । राजनीतिक संघर्षकै क्रममा गिरिले ३ वर्ष जेल जीवन बिताए ।

२०५१ सालदेखि संसदीय राजनीतिमा सक्रिय उनी २०५६ को आम निर्वाचनमा पराजित भए । २०६४ र २०७० को संविधानसभामा समानुपातिक सांसद्को रूपमा संविधान लेख्ने कार्यमा सक्रिय गिरिले ३ असोज २०७२ मा जारी संविधानमा भने हस्ताक्षर गरेनन् ।

त्यसपछि २०७४ मा भएको संघीय निर्वाचनमा प्रत्यक्षतर्फ उनी निर्वाचित भए । पकट–पटक सांसद् बनेका गिरिमा सत्ता प्राप्तिको लालशा कहिल्यै देखिएन ।

गिरिका लेनिनको जीवनी, नारी, मार्क्सवाद र अर्थशास्त्रलगायत एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

Share This:
सम्बन्धित खबर
Loading...