हर्क र बालेनलाई दिपकराज गिरीको कटाक्ष : लट्ठी जुधाएर भाँच्यौ भने के टेक्छौँ ?

688

काठमाडौँ, ३ भदौ । तीनदेखि सामाजिक सञ्जालमा काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन) र धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ)बीच चलेको घोचपेच र व्यङ्ग्यले उनीहरूको समर्थक निराश बनेका छन् ।

काठमाडौँ आएर मेयर साम्पाङ धरान फर्केपछि उनीहरुबीच घोचपेच र व्यङ्ग्य चलिरहेको छ । काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोर र यसको व्यवस्थापनका विषयमा उनीहरूबीच घोचपेच चलेको हो ।

‘काठमाडौँको फोहोर नउठाएसम्म चारैतर्फबाट प्रहार गर्नुपर्छ,’ सामाजिक सञ्जालमार्फ मेयर साम्पाङले पछिल्लो पटक भनेका छन् ।

यी दुई मेयरको घोचपेच र व्यङ्ग्यले उनीहरूको समर्थक निराश बनेका छन् । गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उनीहरूले ‘लौरो’ चुनाव चिह्न पाएका थिए । सोही चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवारको रूपमा उनीहरु निर्वाचित भएका हुन् ।

उनीहरूबीचको घोचपेच र व्यङ्ग्यले जनताको साथ र समर्थन गुम्ने आसयसहित कलाकार दिपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकबाटै बालेन र साम्पाङलाई सचेत गराएका छन् ।

कलाकार गिरीले फेसबुकमा लेखेका छन्, ‘ लट्ठी टेक्ने हो, आपत पर्दा बजाउने पनि हो, लट्ठी जुधाएरै भाँच्यौँ भने के टेक्छौँ के बजाउँछौँ ?’

Share This:
सम्बन्धित खबर
Loading...