‘सय दिनमा के गरिस् तैँले’ भन्नेलाई हर्क साम्पाङको उत्तर

637

काठमाडौँ, २ भदौ । सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफू पदमा आएपछिका सय दिनका रहेका कामको सूची सार्वजनिक गरेका छन् ।

उनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् प्रश्न गर्नेहरूलाई उत्तर भन्दै सय दिनमा आफूले गरेका काम १३ बुँदामा प्रस्तुत गरेका हुन् ।

उनी निर्वाचित भएर आएलगत्तै श्रमदान सुरू गरेको र वर्षौँदेखि धरानले भोग्दै आएको खानेपानीको समस्या समाधान गर्न लागेको बताएका छन् ।

उनले प्रत्येक शनिबार वृक्षरोपण अभियान पनि सुरू गरेका छन् । उनका अनुसार अहिलेसम्म ६ लाख बिरूवा रोपिसकेका छन् ।

साम्पाङले लेखेका छन्– १०० दिनमा के गरिस तैँले भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तरः

१. नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरु गरेँ ।
२. ४ ठाउँबाट खानेपानीको मुहान थपे ।
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ ।
४. ६ लाख बिरुवा रोपें ।
५. सरसफाइमा देखिने सुधार ल्याएँ ।
६. प्रशासनिक सुधार ल्याई शान्ति सुरक्षामा सुधार ल्याएँ ।
७. जलविद्युत्‌को सफल परीक्षण गरी बगरमा बत्ति बाले ।
८. बाटो मर्मत संम्र तथा टटबन्धन, विपद व्यवस्थापन ।
९. लागु औषधविरुद्धको अभियान सुरु गरेँ ।
१०. योजनाहरूका लागि बजेटको जोहो गराएँ ।
११. पारदर्शी हिसाब किताब सार्वजनिक गरेँ ।
१२. पालिकाका सेवामा तीव्रता र प्रष्टता ल्याइदिएँ ।
१३. शिक्षा, स्वास्थ्य संस्थाहरूमा सुधार ल्याएँ ।

Share This:
सम्बन्धित खबर
Loading...