काठमाडौँ, ३१ साउन । काठमाडौँ उपत्यकाको फोहोर विसर्जनस्थल बन्चरेडाँडामा प्रहरी र स्थानीयबीच तनाव भएको छ ।
उपत्यकाको फोहोर लिएर गएका टिपरलाई स्थानीयबासीले अवरोध गरेपछि झडप भएको हो ।
त्यसक्रमममा प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको छ । फोहोरको गाडी लिएर अगाडि बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस हानेको थियो ।
त्यसपछि स्थानीय बासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरेपटि हवाई फायर गर्नु परेको काठमाडौँ प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए ।