बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन : कमल थापा

463

काठमाडौँ, ३१ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहलाई असफल बनाउने काम गर्न नहुने बताएका छन् ।

राजनीतिक दलहरू र साहबीच काठमाडौँको फोहोर व्यवस्थापनलाई लिएर आरोप प्रत्यारोप चलिरहेका बेला अध्यक्ष थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘काठमाडौँका मेयर बालेन साह केही गरौँ भन्ने सोच भएका व्यक्ति हुनुहुन्छ। फोहोरमैला व्यवस्थापन उहाँको ठुलो चुनौती हो। त्यसबारे उहाँले एक वर्षभित्र दीर्घकालीन समाधान खोज्नुपर्छ ।त्यतिञ्जेल विगतमा झै सबैले हरसम्भव सहयोग गर्नुपर्छ। फोहरमा राजनीति गर्ने र बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन,” थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...