रुपन्देहीमा गोली चल्दा एक घाइते

159

रुपन्देही, ३० साउन । अज्ञात समूहले चलाएको गोली लागेर ३१ वर्षका विकास गुरुङ घाइते भएका छन् । रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा गोली चल्दा गुरुङ घाइते भएका हुन् ।

गए राति पौने ९ बजे भएको सो घटनामा घाइते भएका गुरुङको युनिर्भसल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका–१ बेलहिया घर भएका गुरुङलाई गोली प्रहार गरेपछि सो समूहले सिदार्थ कटेजबाट २५ हजार लुटपाट गरेर भागेका छन् ।

गोली प्रहार र लुटपाटमा संलग्नहरूको खोजी जारी रहेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...