राष्ट्रपतिले नागरिकता विधेयक रोक्न मिल्दैन, जारी गर्न ढिला गर्नु हुँदैनथ्यो : प्रचण्ड

176

काठमाडौँ, २५ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक नरोक्ने व्यक्त गरेका छन् ।

पाँद दिने जापान भ्रमणबाट फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रमाणीकरणका लागि ढिला हुन नहुनेसमेत बताए ।

चर्को विवादबीच संघीय संसद्का दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि उक्त विधेयक अहिले राष्ट्रपतिको कार्यालयमा छ ।

तर, चर्को विवादमा परेको उक्त विधेयकलाई लिएर कानुनी परामर्श गर्ने भन्दै राष्ट्रपति भण्डारीले रोकिराखेपछि प्रचण्डले ढिला गरेर ठिक नभएको बताए ।

‘राष्ट्रपतिले नागरिकता विधेयक रोक्नु हुन्न,’ पत्रकारहरूको जिज्ञासामा उनले भने, ‘विधेयक जारी गर्न ढिला गर्नु हुँदैनथ्यो ।’

यसअघि जापानमा पनि प्रचण्डले संसद्‌बाट प्रमाणित भएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरे फेरि सरकारले पठाउने बताएका थिए ।

उनले पहिलोपटक जापान भ्रमणमा गएको र भ्रमण धेरै राम्रो भएको बताए । उनले फोहोर व्यवस्थापनका लागि सहयोग माग गरिएको पनि बताए ।

Share This:
सम्बन्धित खबर
Loading...